नियम ७३
भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको मूल्याङ्कन
(१) कर्मचारीलाई विभिन्न
भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्रदान गर्दा देशको विभिन्न भौगोलिक
क्षेत्रलाई अनुसूची–११ बमोजिम क्रमश ः “क १”, “क २”, “ख १”, “ख २”, र “ग १”,
“ग २” तीन वर्गमा विभाजन गरी ती मध्ये एक वा एकभन्दा बढी वर्गमा काम गरेको
अनुभव वापत पच्चीस अङ्कमा नबढ्ने गरी देहाय बमोजिम अङ्क दिइनेछः……………..
(क) “क१” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि ५ अङ्कका दरले,
(ख) “क२” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि ४.५ अङ्कका
दरले,
(ग) “ख१” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि ३.७५ अङ्कका
दरले,
(घ) “ख२” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि ३ अङ्कका दरले,
(ङ) “ग१” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि २.२५ अङ्कका
दरले,
(च) “ग२” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १.५ अङ्कका
दरले ।
(२) उपनियम (१) को प्रयोजनको लागि विभिन्न भौगोलिक क्षेत्रहरूको वर्गीकरण
अनुसूची–११ मा तोकिए बमोजिम हुनेछ ।
(३) भौगोलिक क्षेत्रमा काम गरे वापत पाउने अङ्क हाल बहाल रहेको तहमा प्राप्त
गरेको भए मात्र गणना गरिनेछ ।
(४) कुनै पनि भौगोलिक क्षेत्रमा छ महिना भन्दा कम अवधिको लागि रुजु हाजिर
भएकोमा कुनै अङ्क दिइने छैन । पदस्थापन भएको क्षेत्रमा छ महिना भन्दा बढी चानचुन
महिना वा दिन रुजु हाजिर भएकोमा त्यस्तो अवधिको लागि पनि दामासाहीबाट अङ्क
दिइनेछ ।
(५) वैदेशिक तालिममा काजमा जाने कर्मचारीलाई “ग २” वर्ग को भौगोलिक
क्षेत्रको अङ्क दिइनेछ ।
(६) सेवाबाट हटाइएको कुनै कर्मचारी पुनर्वहाली भै काम काज गरेमा निजलाई
हटाइएको वर्षको भौगोलिक क्षेत्रमा काम गरे बापत अङ्क दिंदा जुन वर्गको भौगोलिक
क्षेत्रबाट हटाइएको हो सोही वर्गको भौगोलिक क्षेत्रको अङ्क दिइनेछ ।
तर बाँकी अवधिको लागि “ग २” वर्गको भौगोलिक क्षेत्रको अङ्क दिइनेछ ।